FAQs Complain Problems

समाचार

कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम संपन भयो

कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम
कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम

 कोल्हवी नगरपालिका वडा नम्बर ६ खुल्ला दिशा मुक्त वडा घोषणा भएको छ । वडालाई हिजो विहिबार एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरीएको हो । ६ नम्बर वडा सहित बारा जिल्लाका ३२ वटै वडा हाल खुल्ला दिशामुक्त वडा घोषणा भईसकेका छन् । वडा स्तरीय खानेपानी , सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा कोल्हवी नगरपालिका उप– प्रमुख सुनैना देवी थरुनी ,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख नवल किशोर सिङ, कोल्हवी नगरपालिका प्रशासकिय अधिकृत रेशम बहादुर सिहं , जन स्वास्थ्य प्रमुख महम्द साबिर लगाएतको आतिथ्यता रहेको थियो । विभिन्न विध्यालयका प्र.अ, ११ वटा वडाका जनप्रतिनिधि, बारा उद्योग वाणिज्य संघ शाखा कोल्हवीका अध्यक्ष महेश कुमार साह लागाएतको आथित्यता रहेको थियो । नगर प्रमुख भण्डारीले सरसफाईको प्रमाणपत्र वडा नं. ६ का वडा अध्यक्ष चौधरीलाई प्रदान गरेका थिए । कार्यक्रम कोल्हवी नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पुरनदेव चौधरीको सभाध्यक्षतामा भएको थियो ।

वडा जनप्रतिनिधि