FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

कोल्हवी नगरपालिका नेपालको साविकको मध्यमाञ्चल बिकास क्षेत्र, नारायणी अञ्चल अन्तरगत पर्ने बारा जिल्लामा पर्दछ । प्रदेश नं. २ मा अवस्थित यस नगरपालिका, साविकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा र रामपुर्वा गाविसको सम्पुर्ण वडाहरु र सिंहासनीको १ र २, हरैया गाविसको ६ नं. वडा, करैयाको ८ नं. वडा र सिहर्वाको ५ नं. वडालाई मिलाई यस नगरपालिकाको पुनरसंरचना गरिएको छ । कोल्हवी नगरपालिकाको पुर्वमा रौतहत जिल्ला, पश्चिममा जीतपुर सिमरा उप-महानगरपालिका ,कलैया उप–महानगरपालिका र करैयामाई गाँउपालिका, उत्तरमा निजगढ नगरपालिका र दक्षिणमा बारा गढी गाँउपालिका र करैयामाई गाँउपालिका रहेको छ ।  

कुल क्षेत्रफल १५७.४० वर्ग किलोमिटर रहेको यस नगरपालिकामा पुर्व पश्चिम राजमार्गबाट ग्रावेलसडक सपहिमार्ग हुदै प्रवेश गर्न सकिन्छ । कोल्हवी नगरपालिकामा ६ वटा वडा कार्यालयहरु स्थापना भएका छन् । वडा नं.१ को वडा कार्यालय कोल्हवी , वडा नं.२ को वडा कार्यालय पुरानो कट्टा (निकास), वडा नं.३ र ४ को वडा कार्यालय सपही कलेज, वडा नं.४, वडा नं ५,८ र ६ को वडा कार्यालय पर्सौनी वडा नं ६, वडा नं.७ र १०को वडा कार्यालय अमाव वडा नं.१० र वडा नं.९ र ११ को वडा कार्यालय वडा नं.११ रमपूर्वामा अवस्थित छन् । यस नगर क्षेत्रमा इलाका प्रहरी कार्यालय, शशस्त्र प्रहरी कार्यालय, पशुसेवा केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालीका कार्यालय र उच्च माध्यामिक तह सम्म पढाइ हुने सरकारी विद्यालयहरु रहेका छन् । राष्ट्रिय जनगणना २०६८ को अनुसार जम्मा ८१११ घरधुरी र ४४०३५ जनसंख्याको यहाँ बसोबास रहेको छ । यस नगरपालिकामा मुख्य रुपमा थारु समुदायको बसोबास रहेको छ भने अन्य सम्पुर्ण समुदायको मिश्रित रुपमा बसोबास रहेको छ

वडा जनप्रतिनिधि